
१२ जिल्लाका सीडीओ र कारागार महानिर्देशकको हेरफेर
काठमाडौं- १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को हेरफेर गरिएको छ। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा यी सीडीओसँगै कारागार व्यवस्थापन विभागको महानिर्देशक पनि हेरफेर भएको जानकारी दिएको छ।
सूचनाअनुसार, कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरे नियुक्त भएका छन्। भोजपुरको सीडीओमा राजन पौडेल, पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल र प्युठानमा शान्ति राज प्रसाईं नियुक्त भएका छन्।




कागजपत्र |
