सहरी क्षेत्रमा विद्यालयमा बन्द गरी अनलाइन कक्षा सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्ज लगायतका ठूला सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको छ ।

शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकका लागि मन्त्रालयले सो प्रस्ताव तयार पारेको हो । पछिल्लो समय भारतमा कोभिड-१९ संक्रमण बढिरहेको र त्यसको प्रभाव नेपालमा समेत देखिएकाले मन्त्रालयले सजगता अपनाउन यस्‍तो प्रस्‍ताव गरिएको जनाएको छ ।

कोभिडको दोस्रो लहर आएसँगै शुक्रबार मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढीको भेला नहुन आग्रह गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयले तयार गरेको प्रस्‍ताव शनिबार सीसीएमसी बैठकमा प्रस्तुत गरिने बताए ।

‘कोभिड संक्रमण बढिरहेको हुनाले जनस्वास्थ्यको मापदण्डलाई पछ्याएर कोभिड नियन्त्रण गर्न खोजिएको हो,’ उनले भने, ‘प्रतिकूल अवस्था आयो भने लकडाउन गर्नुपर्ने हुन्छ । लकडाउन एकदमै खर्चिलो हुने भएकाले सकेसम्म त्योभन्दा अगाडि गर्न सकिने कोसिस गर्न खोजेका हौँ ।’

प्रतिक्रिया