प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै अनशन बसे निकोलस भुसाल


काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनशन सुरु गरेका छन्।

उनले गएराति १० बजेबाट सडकमा बस्दै अनशन सुरु गरेका हुन्। भुसालले जेन जेड आन्दोलनका मागहरू पूरा नगरेको भन्दै नौ बुँदे मागहरू प्रस्तुत गरेका छन्।

यसअघि मिराज ढुंगाना, रवि किरण हमाल र भुसालसहितका युवा तीन दिनदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन्। उनीहरूले कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया