
आयोगले बयानमा बोलाएपछि लेखक देउवासँग परामर्श गर्दै
काठमाडौं- जेनजी आन्दोलनबारे गठन गरिएको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्शमा जुटेका छन्।
आयोगमा प्रस्तुत गर्नुपर्ने बयानबारे सल्लाह लिन लेखक आज (बुधबार) सभापति देउवासँग भेट गर्ने तयारीमा छन्। यसका लागि उनी देउवा बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवासतर्फ जाने भएका हुन्।
महाराजगञ्ज स्रोतका अनुसार नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरिएको छ। यद्यपि भेटघाटको निश्चित समय भने सार्वजनिक गरिएको छैन।
गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जेनजी आन्दोलन जाँचबुझ आयोगले मंगलबार पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो।



कागजपत्र |
