अझै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ । प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया