राष्ट्रपति पौडेलसँग तीन दलका शीर्ष नेताको पुनः छलफल


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताहरूले पुनः छलफल थालेका छन्। शीतलनिवासमा जारी छलफलमा राष्ट्रपति पौडेलसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

यसअघि प्रधानमन्त्री सुशीला कार्की पनि छलफलमा सहभागी थिइन्। तर, उनी केहीबेरअघि शीतलनिवासबाट बाहिरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। प्रधानमन्त्री बाहिरिएपछि देउवा, ओली र प्रचण्डबीच राष्ट्रपति पौडेलसँग पुनः छलफल सुरु भएको हो।

प्रधानमन्त्रीसहितको प्रारम्भिक छलफल करिब साढे दुई घण्टा चलेको बताइएको छ। दिउँसो साढे ३ बजेदेखि शीर्ष नेताहरू शीतलनिवासमा छलफलमा जुटेका थिए।

छलफलका एजेन्डा भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया