खाद्यान्न बोकेको ट्रक दुर्घटना


धनकुटा – धनकुटा नगरपालिका–७ स्थित जिरो प्वाईन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको छ।

मंगलबार बिहान ट्रक अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो।

सुनसरीको धरानबाट चामल र भुस लिएर धनकुटाको हिलेतर्फ जाँदै गरेको ना ७ ख ११६१ नम्बरको मालवहाक ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनका अनुसार गुडि रहेको ट्रक अनियमित हुँदा सडकबाट करिब १० मिटर तल पल्टिएर दुर्घटना भएको हो।

गुडिरहेको ट्रकको स्टेरिङ लक भएपछि अनिन्त्रित भएको हो। ट्रकमा रहेका चालक र सहचालक दुवै सकुसल रहेको र घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ रहेको छ।

प्रतिक्रिया