पर्खालमा यात्रुबहाक बस ठोक्किँदा १६ जनाकाे मृत्यु


जकार्ता – इन्डोनेसियामा भयानक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समय अनुसार मध्यरातमा ३४ जना यात्रु बोकेको बस कङ्क्रिटको पर्खालमा ठोक्किएको थियो ।

यस घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरू धेरै जना घाइते भएका छन्। बस चालकले नियन्त्रण गुमाएर बस कङ्क्रिटको पर्खालमा ठोक्किएर पल्टिएको थियो ।

खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार बस राजधानी जकार्ताबाट प्राचीन शाही सहर योग्याकार्ता जाँदै गर्दा सो दुर्घटना भएको हो । दुर्घटनामा धेरै जना घाइते भएका । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।

तीव्र ठक्करले गर्दा धेरै यात्रुहरू बसबाहिर खसेका र बसको बडीमा फसेका बुडियोनोले भनेका छन् । दुर्घटनाको लगभग ४० मिनेट पछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर मृतक यात्रुमध्ये ६ जनाको शव निकालेका थिए ।

अस्पताल लैजाने क्रममा वा उपचारको क्रममा अन्य १० जनाको मृत्यु भएको बुडियोनोले बताए।

 

प्रतिक्रिया