२ लाख ६१ हजार नाघ्यो सुनको मूल्य, एकैदिन बढ्यो ३४ सय प्रतितोला


काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया