पत्रकार महासंघ निर्वाचन: पोखरेल प्रतिद्वन्द्वी शर्माभन्दा दुई हजार बढी भोटले अगाडी


काठमाडौँ – नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपुल पोखरेलको प्यानलको जित सुनिश्चित भएको छ ।

पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा विपुल प्यानल जित सुनिश्चित भएको हो । मत परिणामको औपचारिक घोषणा भने भइसकेको छैन । पोखरेल प्रतिद्वन्द्वी निर्मला शर्माभन्दा दुई हजार बढी भोटले अगाडी छन् ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटासँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । अक्ष्यक्षमा स्वतन्त्र तर्फ गजेन्द्र बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए ।

विपुलको जित निश्चित जस्तै भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ । पछिल्लो मत परिणामअनुसार प्रेस युनियन प्रेस सङ्गठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ सङ्गठन सबै पदमा अगाडि छन् ।

प्रतिक्रिया