
अमेरिका पठाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै दुई लाख ५५ हजार ठगी गर्ने २४ वर्षीय सुजन आले मगर पक्राउ परेका हुन् ।
आलेको स्थायी ठेगाना धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. १३ हो भने हाल ललितपुर महानगरपालिका वडा-४ बस्दै आएका छन् । उनलाई पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस ६ गते काठमाडौँ महानगरपालिका वडा नं. ११ बाट पक्राउ गरेको हो ।
अमेरिका पठाउने भन्दै दुई लाख ५५ हजार ठग्ने व्यक्ति पक्राउ परेका छन् । उनले एक जना व्यक्तिबाट सो बराबरको रकम ठगी गरी सम्पर्क विहीन भएका थिए ।
आलेलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
