विष्णु रिमालको नियति, उपमहासचिवसँगै केन्द्रीय सदस्यमा पनि हारे


काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका छन् ।

महाधिवेशनमा ओली प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दिएका रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन् ।

केही उम्मेदवारहरुले पदाधिकारीमा पराजित भए पनि केन्द्रीय सदस्यमा विजयी हुँदा रिमाल भने केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन् ।

उपमहासचिवमा १०९१ मत ल्याएका रिमालले केन्द्रीय सदस्यमा ६३० मात्रै मत पाएका छन् ।

प्रतिक्रिया