
एमालेको १९ सदस्यीय पदाधिकारी टिममा १७ जना ओली पक्षका
काठमाडौं – नेकपा एमालेको पदाधिकारी चुनावको मत परिणाम सार्वजनिक भएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलले अधिकांश पदमा ठूलो बहुमतसहित विजयी भएको छ।
एमाले अध्यक्ष पदमा केपी शर्मा ओलीले प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी अन्तरले पछि पार्दै विजयी भएका छन्। महासचिव पदका लागि कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतको अन्तरले सफलता हात पारेका छन्।
उपाध्यक्ष र उपमहासचिवमा भने संस्थापन इतर प्यानलका उम्मेदवारले विजयी भएका छन्। उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले जित हासिल गरेका छन्।
कुल १९ सदस्यीय पदाधिकारी टिममध्ये १७ जना अध्यक्ष ओलीको पक्षबाट आएका छन्।
पदाधिकारी टिमको विवरण:
-अध्यक्ष: केपी शर्मा ओली
-उपाध्यक्ष: पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
-महासचिव: शंकर पोखरेल
-उपमहासचिव: लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई
-सचिव: महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल



कागजपत्र |
