
रवि र छविको मुद्दामा आज पेसी
काठमाडौं – सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।
उच्च अदालत बुटवलका अनुसार आजका लागि मुद्दाको पेसी चढाइएको हो । यसअघि उक्त मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’मा परेको थियो भने त्यसअघि दुई पटक रवि लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो हिस्साको बिगो रकम दाखिल गरिसकेका थिए ।
तर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए।



कागजपत्र |
