प्रदेश २ का चार सांसदलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

नेकपा विभाजनपछि माओवादी केन्द्र छोडी एमालेको ओली समूहमा लागेका चार सांसदलाई माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्रदेश २ को प्रदेश सभा सदस्य रहेका कुन्दन प्रसाद कुशवाहा, महमद समीर, रामचन्द्र मण्डल र ज्वाला कुमारी साहलाई स्पष्टीकरण सोधिएको छ ।

यस्तै माओवादी केन्द्रले आजै प्रदेश २ को संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ । दलको नेतामा रहेका रामचन्द्र मण्डल ओली समूहमा लागेपछि मण्डलको ठाउँमा साहलाई दलको नेता चयन गरिएको हो ।

दलको उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप शाह र सेचेतकमा रुबी कर्ण चयन भएका छन् ।

प्रतिक्रिया