
चीनको जिन्यूसहित ११ कम्पनी कालोसूचीमा, कुन-कति वर्षका लागि भए ‘ब्यान्ड’ ?
काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले चिनकाे जिन्यु टेक्नोलोजीसहित ११ कम्पनीलाई कालो सूचीमा राखेको हो । जिन्युले नेपाल दूरसञ्चार कम्पनीमा काम गरिरहेको थियो । काम सन्तोषजनक नभएपछि दूरसञ्चारले कालोसूचीका लागि सिफारिस गरेको थियो ।
कालोसूचीमा परेका ११ कम्पनीमध्ये जिन्युलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनकि खरिद अनुगमन कार्यालयले जनाएको छ । अन्य कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।
कालोसूचीमा राखिका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।




कागजपत्र |
