काठमाडौंको गेष्ट हाउसमा एक पुरुष मृत फेला


काठमाडौं-  काठमाडौंको गेष्ट हाउसमा एक पुरुष मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–९ गौशालाको ओम सहारा गेष्ट हाउसमा रामेछाप दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया