
पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु
पाल्पा- पाल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आइरहेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप निस्दी–४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिकैबाट करिब ५०० मिटर तल खोल्सोमा खसेको स्थानीयले बताएका छन्।
दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान भने अझै खुल्न बाँकी रहेको स्थानीयको भनाइ छ। केही घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमार्फत उपचारका लागि अरुणखोला लगिएको छ।
मित्याल प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको र उद्धार जारी रहेको जनाएको छ। घटनाबारे पूर्ण विवरण भने आउन बाँकी छ।



कागजपत्र |
