
डीएसपीको बहुविवाह प्रकरणमा असई गीता पुरी पक्राउ
रूपन्देही- बहुविवाहसम्बन्धी उजुरीका आधारमा डिएसपी मधु नेपाल पक्राउ परेपछि रूपन्देही प्रहरीले प्रहरी सहायक निरीक्षक(असई) गीता पुरीलाई पनि पक्राउ गरेको छ।
नवलपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत डीएसपी नेपाल र बुटवल धागो कारखानास्थित प्रहरीको विशेष सुरक्षा गणमा कार्यरत सहायक निरीक्षक पुरीले दोस्रो विवाह गरेको आरोपमा डीएसपी नेपालकी जेठी श्रीमती तारा नेपाल खनालले उजुरी दर्ता गराएकी थिइन्।
उक्त उजुरीका आधारमा रूपन्देही जिल्ला अदालतबाट दुवै जनाका नाममा पक्राउ पूर्जी जारी गरिएको थियो। पक्राउ पूर्जीको जानकारी पाएपछि उनीहरू आफैँ प्रहरी कार्यालय पुगेका थिए।
रूपन्देही प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर बहुविवाह सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान सुरु गरिएको छ।



कागजपत्र |
