
काठमाडौंविरुद्ध पहिले फिल्डिङ गर्दै पोखरा एभेञ्जर्स
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा पोखरा एभञ्जर्सले पहिले फिल्डिङ गर्ने भएको छ ।
प्लेअफ प्रवेशका लागि जित्नै पर्ने बाध्यतासहित काठमाडौं गोर्खाज्विरुद्ध मैदानमा उत्रन लागेको पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोज्दै काठमाडौंलाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगितामा काठमाडौंले हालसम्म खेलेका ६ खेलमध्ये ४ मा जित हात पार्दै ८ अंकका साथ प्लेअफको बलियो सम्भावना देखाएको छ भने पोखरा एभेन्जर्सले हालसम्म खेलेका ५ खेलमा २ मा जित र ३ मा हार ब्योरेको छ ।



कागजपत्र |
