बाँकेमा रेड पाण्डाको छालासहित ४ जना पक्राउ


काठमाडौं – बाँकेको कोहलपुरमा दुई थान रेडपाण्डाको छालासहित चारजनालाई प्रहरीले पक्रेको छ ।

कोहलपुर नगरपालिका-११ बसपार्कस्थित लालीगुराँस होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका वडा।नम्बर १ का ३२ बर्षीय खिमानसिंह रोका मगर सहित ४ जना छन् । होटलको ७ नम्बर कोठाबाट उनीहरुलाई छाला सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया