जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज्


काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोज्ले ब्याटिङ गर्ने भएको छ ।

जनकपुर बोल्ट्सविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका हुन् ।

जनकपुरले लगातार चारवटा हार ब्यहोरेको छ भने चितवनले चार खेलमा २ मा जित र २ मा हार ब्यहोर्दै प्लेअफको बलियो सम्भावना राखेको छ ।

प्रतिक्रिया