
एनपिएलमा आज ‘ब्रेक डे’, भोली दुई खेल हुने
काठमाडौं – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज ‘ब्रेक डे’ रहेको छ । तालिका अनुसार आज सोमबारका लागि एनपिएलका कुनै पनि खेल राखिएका छैनन् ।
यसअघि आइतबार काठमाडौं गोर्खाज् र कर्णाली याक्स भिडेका थिए । उक्त खेलमा काठमाडौंले बाजी मारेको थियो ।
मंगलबार (भोली) एनपिएलका दुई खेल हुनेछन् । पहिलो खेल चितवन राइनोज्ले हालसम्म एउटा पनि जित हात नपारेको जनकपुर बोल्ट्ससँग खेल्नेछ भने दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेञ्जर्सको सामना गर्नेछ ।
प्रतियोगितामा कर्णालीले ५ खेलमा एक जित मात्र हात पारेकोछ भने जनकपुरले ४ खेलमा एउटा पनि जित हात पार्न सकेको छैन । त्यस्तै चितवनले हालसम्म खेलेका ४ खेलमा २ मा जित र २ मा हार ब्यहोरेको छ भने पोखरा एभेञ्जर्सले ४ खेलमा १ जित र ३ हार ब्यहोरेको छ ।



कागजपत्र |
