स्वास्थ्य मन्त्रालयको सिफारिसपछि कामपाले थाल्यो छलफल


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेसँगै काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गर्ने वा सञ्चालनलाई निरन्तरता दिनेबारे छलफल अघि बढाएको छ ।

कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मन्त्रालयको सिफारिसलाई लिएर काठमाडौं महानगरपालिका भित्रका विद्यालय बन्द गर्ने वा सञ्चालनलाई निरन्तरता दिनेबारे छलफल थालेको हो ।

महानगरले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयका प्रधानाध्यापकसँग छलफल अघि बढाएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । विद्यालयका प्रअहरुको सुझावका आधारमा महानगरपालिकाले निर्णय गर्ने उनले बताए ।

 

प्रतिक्रिया