सांसद पद गुमाएका चार जना मन्त्रीमा नियुक्त, शपथ लिँदै (राष्ट्रपति कार्यालयको विज्ञप्तिसहित)


काठमाडौं– नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएका चार जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्री पदमा नियुक्त गरेका छन्।

मन्त्रीको जिम्मेवारीमा रहेका उनीहरूलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा पत्र लेखेपछि सांसद पद गुमेको थियो।

चारै जनालाई सम्बन्धित मन्त्रालयमा नै नियुक्त गरिएको बालुवाटारले जनाएको छ। टोपबहादुर रायमाझीलाई उर्जा, लेखराज भट्टलाई उद्योग, प्रभु साहलाई सहरी विकास र गौरीशंकर चौधरीलाई श्रमको जिम्मेवारी दिइएको छ।

चारै जना माओवादी छाडी एमालेमा प्रवेश गरेका थिए।

प्रतिक्रिया