दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा बालकको मृत्यु


बुटवल-  दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा १० वर्षीय बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर विनोदराज अत्रीका अनुसार दंगीशरण गाउँपालिका–३ का नीरज चौधरी शनिबार (मंसिर १४) बबई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।

बालकलाई दिउँसो पौने २ बजे उपचारका लागि अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले बालकसँगै माछा मार्न गएका चारजनालाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रहरीले जेनेटर र तार बरामद गरेको छ।

प्रतिक्रिया