कर्णालीले टस जितेर विराटनगरलाई दियो बलिङको निम्तो


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको दोस्रो खेल विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । कर्णालीका कप्तान सोमपाल कामीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

कर्णालीबाट विकेटकिपर अर्जनु घर्तीमरगरको स्थानमा दीपक डुम्रे खेलिरहेका छन् ।

यस्तै विराटनगरबाट सूर्य तामाङको स्थानमा साहिल पटेल र नरेन भट्टको स्थानमा सुवास भण्डारी खेलिरहेका छन् । यस्तै शुभम् रन्जनेको स्थानमा सेहान जयसूर्याले खेलिरहेका छन् । जयसूर्याको यो पहिलो खेल हो ।

विराटनगरले ४ खेलमध्ये ३ खेल जितेको छ भने कर्णाली ३ खेलमा एकमा मात्रै जित हासिल गरेको छ।

प्रतिक्रिया