
सल्यानमा शैक्षिक भ्रमणमा गएको जिप दुर्घटना, १० जना घाइते
सल्यान- सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित गोब्राही आधारभूत विद्यालयको शिक्षक, विद्यार्थी र अभिभावकसहित शैक्षिक भ्रमणमा गएको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
रा१ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो करिब १ बजे ताल नजिकैको आग्नेटा भन्ने स्थानमा अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। जिल्लाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसीका अनुसार जिपमा २० जना सवार थिए र दुर्घटनामा घाइते सबै शिक्षक, विद्यार्थी र अभिभावक हुन्।
घाइतेहरूलाई तुरुन्त उद्धार गरी जिल्ला अस्पताल सल्यानमा उपचारको लागि लगिएको छ। डीएसपी केसीले जानकारी दिएका अनुसार, घाइते मध्ये टोपेन्द्र केसीको अवस्था गम्भीर रहेको छ। प्रहरीले जिपचालक प्रकाश घर्तीलाई नियन्त्रणमा लिएको छ।



कागजपत्र |
