पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार


काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा सुमीत वर्मा र बलिङमा विपीन खत्री चम्कदाँ पोखरा एभेन्जर्सले पहिलो जित हात परेको छ ।

योसँगै पोखराको जितविहीन यात्रामा ब्रेक लागेको छ । पोखराले यसअघिका दुवै खेलमा सुदूरपश्चिम रोयल्यस र विराटनगर किङ्ससँग हारेको थियो ।

विपिनले ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरेपनि जितसम्म पुर्‍याउन भने सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुमित वर्माको अर्धशतक मदतमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

पोखराका लागि युगान्डाका अलराउण्डर सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मदतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृत राज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

प्रतिक्रिया