कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश


काठमाडौं-  भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महारामाथिको आरोप र उनको उमेर विचार गरी धरौटीमा छाड्ने निर्णय सुनाएको हो।

‘जेनजी’ आन्दोलनपश्चात् पक्राउ परेका उनीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको थियो। उच्च अदालतले त्यस आदेशलाई बदर गर्दै महरालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

प्रतिक्रिया