महाकाली नदीमा डुबेर एक युवक बेपत्ता, खोजी कार्य जारी


कञ्चनपुर- महाकाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाई मङ्गलबार दिउँसो साथीहरूसँग पौडी खेल्न गएका बेला नदीको तेज बहावमा परेर बेपत्ता भएका हुन्।

शरीरमा कपडा नफुकालीकनै पक्की पुल नजिक नुहाउन पुगेका रोशन पौडी खेल्ने क्रममा अचानक हराएको वडा नम्बर १२ का कार्यवाहक वडा अध्यक्ष नरबहादुर साउँदले जानकारी दिए।

रोशनसँगै पानीमा पुगेका अर्का युवक भने सकुशल बाहिर निस्कन सफल भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता युवकको खोजी कार्य निरन्तर जारी छ।

 

प्रतिक्रिया