गृहमन्त्री बादलसहित २ सांसदलाई माओवादीको कारबाही, सांसदबाट हटाउन पत्र


काठमाडौं — नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राष्ट्रियसभाका सांसद चन्द्रबहादुर खड्कालाई कारबाही गरेको छ। बादल र खड्का माओवादी पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य हुन्।

थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रियसभाका ससदीय दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन्।

‘हामीले दल त्याग गरेको पत्र संघीय संसद सचिवालयलाई बुझाइ सक्यौं,’ शर्माले भने, ‘संसद सचिवालयका कर्मचारीहरुले दर्ता गर्दै हुनुहुन्छ।’

यसअघि माओवादीले एमालेमा गएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई समेत कारबाही गरिसकेको छ।

प्रतिक्रिया