पहिलो प्रयासमै लोक सेवा आयोगको परीक्षामा ७ ठाउँमा नाम


अछाम- अछामको मंगलसेन नगरपालिका–४ का नवविस लोकेन्द्र बोहरा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षामा असाधारण सफलता हासिल गरेका छन्। २०८१ पुसदेखि २०८२ भदौसम्म उनले प्रदेश तथा संघीय लोक सेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौं तह) र अहेव (चौथो तह) गरी सात वटा पदमा नाम निकाल्न सफल भएका हुन्।

बोहराले पहिलो प्रयासमै गण्डकी प्रदेशको अहेव (चौथो), कर्णाली प्रदेशको हेल्थ असिस्टेन्ट (पाँचौं), कोशी प्रदेशको हेल्थ असिस्टेन्ट (पाँचौं), गण्डकी प्रदेशको हेल्थ असिस्टेन्ट (पाँचौं), कोशी प्रदेशको अहेव (चौथो), नेपाल प्रहरीको प्राविधिक प्रहरी सहायक निरीक्षक (चौथो) र संघीय लोक सेवा आयोगको हेल्थ असिस्टेन्ट (पाँचौं) पदमा सफलता हात पारेका हुन्।

सातै स्थानमा नाम निकाल्दा पनि उनले तीन स्थानमा मात्र अन्तर्वार्ता दिएका थिए। हाल उनी कालिकोट जिल्लामा हेल्थ असिस्टेन्ट (पाँचौं तह) का रूपमा कार्यरत छन्। पहिलो प्रयासमै यति धेरै पदमा सफलता हात पार्नु उनको मेहनत र क्षमता दर्साउने उदाहरण मानिएको छ।

प्रतिक्रिया