
कोटेश्वरमा बसबाट खसेका सहचालकको सोही बसले किच्दा मृत्यु
काठमाडौं- कोटेश्वरमा बसबाट खसेका सहचालकको सोही बसले किच्दा मृत्यु भएको छ। जडीबुटीबाट बानेश्वरतर्फ गइरहेको बा ३ ख ७३८७ नम्बरको भाडाको बसका सहचालक सुरेन्द्र गाले अचानक ढोकाबाट खसेका थिए।
बसबाट खसेलगत्तै सोही बसको पछाडिको चक्काले कुल्चिँदा गाले गम्भीर घाइते भएका थिए। गम्भीर अवस्थामा उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइए पनि बचाउन सकिएन। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार उपचारका क्रममा उनको मृत्यु पुष्टि भएको हो।
घटना पछि बसलाई प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ। बसका चालक, भक्तपुर नगरपालिका–१० का ४२ वर्षीय महेन्द्र मकाजुलाई प्रहरीले नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ। मृत्यु भएका सुरेन्द्र गाले पनि भक्तपुर नगरपालिका–१० कै स्थानीय रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
