कास्कीमा भूकम्पको धक्का


कास्की- कास्कीस्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा आइतबार साँझ  भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बेलुका ५ बजेर १९ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको पुष्टी भएको हो।  केन्द्रले भूकम्पको उपकेंद्र अन्नपूर्ण दोस्रो क्षेत्रमा रहेको जानकारी दिएको छ।

यसअघि कात्तिक २८ गते पनि कास्की–मनाङ सीमास्थित सोही क्षेत्रमा ३.७ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो।

प्रतिक्रिया