सरकारको विरोधमा अनेरास्ववियुले काठमाडाैंमा निकाल्यो मसाल जुलुस


काठमाडाैं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ।

सरकारले दललाइ निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो।

कपा एमालेका नेता कार्यकर्ता माथि योजनाबद्ध रूप सरकारले प्रतिबन्ध लगाएको, पूर्वघोषित कार्यक्रम केन्द्रित नेताहरूलाई सहभागी हुन विभिन्न षडयन्त्र गरेको भन्दै जुलुस निकालिएको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले जानकारी दिए।

प्रतिक्रिया