बझाङमा १७ वर्षीया किशोरी मृत फेला


बझाङ – बझाङको केदारस्यूँ गाउँपालिका–६ भाटसैनमा एक किशोरी आफ्नै घरभित्र मृत फेला परेकी छन् । बुधबार बिहान १७ वर्षीया रन्जना धामी मृत अवस्थामा भेटिएकी हुन्। परिवारका सदस्यले घरभित्र रन्जना नचलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालयका अधिकारी तथा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घरभित्रको अवस्था, मृतकको शारीरिक स्थिति र आसपासका प्रमाणहरूको प्रारम्भिक संकलन गरेको छ। प्रहरीका अनुसार हालसम्म मृत्युको वास्तविक कारण खुल्न सकेको छैन र कुनै निष्कर्ष निकाल्ने अवस्था पनि छैन।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने प्रक्रिया अघि बढाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारणबारे स्पष्टता आउने जनाएको छ।

प्रतिक्रिया