सिमरामा भएका जस्ता घटनाले संविधान र निर्वाचनलाई अप्ठेरोमा पार्न सक्छन्ः डा. शेखर


काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ मा घोषित निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैको कर्तव्य भएको बताएका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको कर्तव्य भएको बताउँदै सिमरा घटनाले यी दुवै लाई अप्ठेरोमा पार्न सक्ने भन्दै सचेत पनि गराएका छन् ।

उनी लेख्छन्, ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो ।

हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौं, निर्वाचनको बातावरण नबिगारौं ।

प्रतिक्रिया