
विप्लवको दलको नाम नेकपा (माओवादी) र चुनाव चिन्ह गुलाबको फूल
काठमाडौं- नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गरी नेकपा (माओवादी) बनाएर निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीको चुनाव चिह्न गुलावको फूल रहेको नेता असल क्षत्रीले जानकारी दिए ।
निर्वाचन आयोगमा दर्ता प्रमाणपत्र लिन जानुअघि चन्दले माओवादी आन्दोलनलाई गुलावसँग जोड्ने बताएका थिए ।
दलको केन्द्रीय समिति १०५ सदस्यीय हुने भएको छ जसमा महासचिवमा विप्लव र प्रवक्तामा खड्कबहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै पार्टीको ६ सदस्यीय स्थायी समिति र २५ सदस्यीय पोलिटब्युरो रहेको छ ।



कागजपत्र |
