काठमाडौंमा प्लास्टिक र फोहोर जलाउन प्रतिबन्ध


काठमाडौं- काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहोर बाल्न प्रतिबन्ध लगाएको छ।

चिसो बढेसँगै सडक, बस्ती तथा खुला स्थानमा प्लास्टिकसहित फोहोर बाल्ने प्रवृत्ति बढेपछि प्रदूषण नियन्त्रणका लागि प्रतिबन्ध लागू गरिएको विभागले जनाएको छ।

जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्यधिक बढ्ने गरेको र त्यसमा खुला रूपमा जलाइने वस्तुको भूमिका महत्वपूर्ण रहेको महानगरको निष्कर्ष छ।

विभागकी प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य तथा वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न प्रतिबन्ध आवश्यक भएको हो। उनले बालबालिका, ज्येष्ठ नागरिक तथा दम–खोकी, मुटु र दीर्घरोगीहरूमा प्रदूषणको बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिन्।

महानगरका अनुसार प्रतिबन्धको उल्लंघन गरे कारबाही हुनेछ।

प्रतिक्रिया