
हङकङ सिक्सेसः नेपाल युएईसँग पराजित
काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल यूएईसँग पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपाले ६ ओभरमा ८६ रनमात्र बनाएपछि ४३ रनले पराजित भएको हो ।
नेपालका लागि सन्दीप जोराले ३१ बनाएका थिए । त्यस्तै नेपालका आदिल आलमले ३२ रन बनाएका थिए ।
त्यसअघि युएईका लागि निलांश केसवानीले १० बलमा अर्धशतक बनाए । उनले १५ बल खेल्दा १० छक्का र तीन चौका हिकाउँदै ७३ रन बनाए ।
नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।



कागजपत्र |
