भारतलाई ९२ रनले पराजित गर्दै नेपाल विजयी


काठमाडौं- हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा भारतलाई नेपालले ९२ रनले पराजित गरेको हो।

नेपालले  विना विकेट जितका लागि दिएको १३७ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो।

भारतका लागि भरत चिपली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि रशिद खानले ३ विकेट, बसिर अहमदले २ विकेट र रुपेश सिंहले १  विकेट लिए।

त्यस अगाडि नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाएका थिए। यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश रनले ३१ रन बनाएका थिए।

 

प्रतिक्रिया