ढोरपाटनमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चारजना घाइते


काठमाडौँ – बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप ढोरपाटन नगरपालिकाङ ८ र ९ को सिमाना च्वावीरमा शुक्रबार अपराह्न दुर्घटना भएको हो।दुर्घटनामा ढोरपाटन- ७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कयतले जानकारी दिए। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए। स्थानीय र नेपाल प्रहरीले

घाइतेको उद्धार गरी बुर्तिबाङ अस्पतालमा पठाएको थिए ।

प्रतिक्रिया