स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटीले दिए राजीनामा


काठमाडौं – स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव समेत रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले सरकारी सेवाबाटै राजीनामा दिएका छन्।  शुक्रवार स्वास्थ्यमन्त्री सुधा शर्मालाई भेटेर उनले राजीनामा पत्र दिएका हुन्।

बराकोटीले आफूले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको बताएका छन्। १२ औँ तहका उनको सेवा अवधि अझैँ करिब दुई वर्ष बाँकी नै छ। उनको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया