
हङकङ सुपर सिक्सः रसिद खानको ह्याट्रिकका बाबजुद अफगानिस्तानसँग नेपाल पराजित
काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
प्रतियोगिता हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।
नेपालका रसिद खानले ह्याट्रिक लिए पनि नेपाललाई जित दिलाउन सकेनन् ।
अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ११२ रन बनाएपछि नेपाललाई ११३ रनको लक्ष्य पाएको थियो ।
त्यसपछि नेपालले ६ ओभरमा ९५ रन मात्र बनाउन सक्यो । नेपालले उक्त रन २ विकेटको क्षतिमा बनाएको थियो ।
नेपालका लागि कप्तान सन्दीप जोराले १३ बलमा ५३ रन बनाएका थिए ।
नेपालका लागि रसिद खानले ह्याट्रिकसहित चार विकेट लिएका थिए ।



कागजपत्र |
