६ सयले बढ्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३०१० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया