
जनार्दन शर्माको नेतृत्वमा ‘प्रगतिशील अभियान, नेपाल’ नामक अभियानको घोषणा
काठमाडौं- पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले नेपालमा विगत आठ दशकदेखि चलेका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरे । उनले उक्त अभियानमार्फत ’तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
माओवादी, नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न आठ दल/समूहबीच पार्टी एकताका लागि सहमति भएकाे छ । शर्मा उक्त पार्टी एकताको विपक्षमा छन् ।



कागजपत्र |
