मार्टिन गुप्टेलले दोस्रो सिजन पनि विराटनरबाट खेल्ने


काठमाडौं- न्युजिल्यान्डका ब्याटर मार्टिन गुप्टेलले विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा खेल्ने भएका छन्।

पहिलो सिजन पनि विराटनगरबाट खेलेका गुप्टेलले सम्झौता नवीकरण गरेकाे हाे । विराटनगर किङ्सले शनिबार एक पोष्ट साझा गर्दै नसकिएको काम सक्न आउने भन्दै एक तस्बिर पोष्ट गरेको थियो।

विराटनगरले दक्षिण अफ्रिकाका ब्याटर फाफ डु पेल्सिसलाई यसअघि नै अनुबन्ध गरिसकेको छ।

प्रतिक्रिया