पार्टी एकताका लागि माओवादी केन्द्रले बोलायो सचिवालय बैठक


काठमाडौं – नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ । केन्द्रले पार्टी एकताबारे निर्णय लिन महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको हो । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ ।

बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया