
एन्फा वरिष्ठ उपाध्यक्ष खड्का निलम्बित
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमितिको भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लाई अर्को साधारणसभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
एन्फा विधानको धारा ३२ (२) र (६) अनुसार शुक्रबार आयोजित उक्त आकस्मिक भिडियो कन्फरेन्स बैठकमा वरिष्ठ उपाध्यक्ष खड्काविरुद्ध अनुशासनात्मक कारबाही गर्ने विषय छलफलको मुख्य अजेन्डा थियो। यसअनुसार एन्फा विधानको धारा ३८ (१६) अन्तर्गत आवश्यक कारबाहीको निर्णय लिइएको हो।



कागजपत्र |
